कम्युनिष्टहरुसँग अन्तिम लडाई होः उम्मेदवार कार्की



१८ कात्तिक, रामेछाप ।
नेपाली कांग्रेसबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले रामेछाप जिल्लाको विकास कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । उनले जिल्लाको विकास निर्माणमा आफ्नो पार्र्टीले भूमिका खेल्दै आएको बताउदै निर्वाचनमा पनि जनताले कांग्रेसलाई जिताउने बताएका हुन् ।


शनिवार मन्थली नगरपालिका–३ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कार्कीले संसारबाट विलय भएको कम्युनिष्ट व्यवस्थालाई नेपालमा प्रयोगशालाको रुपमा प्रयोग गर्न खोजिएको बताए ।

उनले भने,‘आगामी निर्वाचन कम्युनिष्टहरुसँग अन्तिम लडाइँ हो, मतदाताहरुले सुजबुझका साथ मतदान गरेर लोकतान्त्रिक शक्तिलाई विजयी गराउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्