श्यामकुमार श्रेष्ठलाई सांसद मात्र होइन मन्त्री बनाउछौः कैलाश ढुंगेल



१९ कात्तिक, रामेछाप ।
रामेछापबाट प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुङगेले रामेछापमा बाम गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । उनले रामेछापबाट बाम गठबन्धनबाट प्रतिनिधिसभाका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार श्याम कुमार श्रेष्ठलाई आगामी निर्वाचनबाट सांसद विजयी गराउनुको साथ मन्त्री बनाउने बताएका हुन् ।


उनले आगामी मंसिर १० गतेपछि कांग्रेसको वेलुनको हावा खुस्किने बताउदै कांग्रेसले जनतालाई भ्रमको खेती गरेको आरोप लगाए । सुनापति गाउँपालिका–३ हिलेदेवीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार ढुंगेलले रामेछापलाई समृद्ध बनाउने कांग्रेसँग कुनै एजेण्डा नभएको बताए ।

हामीले रामेछापको समृद्धि गर्नको लागि स्पष्ट योजना अगाडि सारेका छौ, शिक्षा, स्वास्थ्य, प्राविधिक शिक्षालय, सडक पूर्वाधार निर्माण हाम्रो प्राथमिकताको क्षेत्र हुन, उनले भने । जनताले कांग्रेसलाई अहिले तपाईको एजेण्डा सोध्दा डोजर र एम्बुलेन्स भन्ने गरेको भन्दै उम्मेदवार ढुंगेलले व्याङग्य गरे । उनले भने,‘एम्बुलेन्स, जोडर, समाजसेवा र पैसालाई नै रामेछापमा कांग्रेसले चुनावी एजेण्डा बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्