बाम गठबन्धनले मंसिर ५ गते बेथानमा आमसभा गर्ने



२१ कात्तिक, रामेछाप ।
वाम गठबन्धनले आगामी मंसिर ५ गते सुनापति गाउँपालिकास्थित बेथानमा अन्तिम चुनावी सभा गर्ने भएको छ । रामेछाप जिल्लाभरीकै अन्तिम चुनावी सभा बेथानमा गर्ने निर्णय वाम गठबन्धन संयुक्त चुनाव परिचालन समिति रामेछापले गरेको छ ।

रामेछापको प्रदेश नम्बर २ का चुनाव परिचालन समितिका संयोजक टंकलाल घिसिङ टकलले अन्तिम चुनावी सभा बेथानमा गरिने बताए । उनले भने,‘बेथान ऐतिहासिक भूमि पनि हो, त्यसैले अन्तिम चुनावी सभा बेथानमा गर्ने निर्णय भएको हो ।’

बाम गठबन्धनले माओवादीले बेथानमा सभा गर्न सकेन भनेर भ्रम सृजना गरेको भन्दै त्यस्ता भ्रमको पछाडि नपर्न पनि आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रपूर्वक आफ्ना विचारहरु राख्ने पाउने सबै राजनीतिक दलहरुलाई अधिकार रहेको बताउदै घिसिङले अनावश्यक भ्रमको खेती नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्