रामेछापमा बाम गठबन्धनको चुनावी अभियान तीब्र बन्दै (फोटोफिचर)



२१ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा बाम गठबन्धनले चुनावी अभियान तीब्र बनाएको छ । चुनावी सभा कोणसभा र घरदैलो कार्यक्रमलाई निरन्तता दिएको छ । समृद्धि र राजनीतिक स्थिायित्वको लागि बाम गठबन्धनले आफूहरुलाई मतदान गर्न मतदाताहरुसँग आग्रह गरेको छ ।

रामेछापको ८ वटा स्थानीय तहमा क्रमश कात्तिक १२ गतेदेखि वाम गठबन्धनले जिल्लाका विभिन्न स्थानमा चुनावी सभा, कोणसभा र घरलैलो अभियान चलाएको संयुक्त बाम गठबन्धन रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का संयोजक टंकलाल घिसिङ टकलले जानकारी दिए । चुनावी सभालाई बाम गठबन्धनले दुई वटै प्रदेशसभामा अगाडि बढाएको छ । रामेछापमा आज बाम गठबन्धनले खाँडादेवी गाउँपालिकाको राकाथुममा कोणसभा सम्पन्न गरेको छ । त्यसैगरी साँघुटारमा पनि चुनावी सभा सम्पन्न गरेको छ ।


बाम गठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभा साझा उम्मेदवार नेकपा माओवादीका पोलिटब्युरो सदस्य श्याम कुमार श्रेष्ठ, बाम गठबन्धनको तर्फबाट रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का साझा उम्मेदवार कैलाश ढुंगेल, र प्रदेशसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार नेकपा एमालेका शान्ति प्रसाद पौडेल उम्मेदवार रहेका छन् ।

यस्तो छ बाम गठबन्धनको चुनावी अभियान (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्