रामेछापमा बाम गठबन्धनले तुई तिहाई बहुमत ल्याउछः श्रेष्ठ



२३ कात्तिक, रामेछाप ।
रामेछापको प्रतिनिधिसभाका निर्वाचनको लागि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताएका छन् । उनले रामेछाप वामपन्थीहरुको लाल किल्ला भएको बताउदै आगामी निवार्चनमा वाम गठबन्धनले दुई तिहाई बहुमतले विजयी हुने बताएका छन् ।
रामेछापको रामेछाप नगरपालिका–६ च्यास्कुमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले मूलुकमा वामपन्थी शक्तिले दुई तिहाई बहुमत ल्याएर जनताको सरकार सञ्चालन गर्ने बताए । ‘समाजवादी व्यवस्था भनेको जनताको सरकार हो’, उनले भने,‘कम्युष्टिहरुको व्यवस्थामा कांग्रेसको सरकार हुँदैन, त्यसैले अहिले कांग्रेसले कम्युनिष्ट शासन आयो भने अधिनायकवाद आउछ भनेर भ्रमको खेती गरिरहेको छ ।’

कम्युनिष्टहरुको शासनले नै गाउँगाउँमा सडक पुर्याउने, सबै ठाउँमा विद्युतीकरण गर्ने, स्वास्थ्य र शिक्षाको विकास गर्ने हो, उम्मेदवार श्रेष्ठले भने । रामेछापको प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन गरेर रामेछापवासीको आर्थिक बृद्धि गर्ने योजना अगाडि सार्ने बताउदै उनले अब रामेछापले गरिबी खेप्नु नपर्ने बताए ।

‘कांग्रेसले दुई ठूलो कम्युनिष्ट पार्टीहरुलाई जुधाएर अहिलेसम्म फाइदै उठायो’, उनले भने,‘हामी अहिले दुइ ठूला कम्युनिष्ट पार्टी मिलेका छौ, यो चुनावीको लागि मात्र होइन एउटै कम्युष्टि पार्टी निर्माण गरेर यो देश निर्माण गर्नको लागि हो, अब कम्युनिष्टहरुको युग सुरु भयो ।’ उम्मेदवार श्रेष्ठले आगामी निर्वाचनबाट दुई तिहाई बहुमत ल्याउनबाट कुनै पनि तागतले रोक्न नसक्ने बताए ।


कार्यक्रममा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार नेकपा एमालेका शान्ति पौडेलले रामेछापको विकास र समृद्धि वाम गठबन्धनले मात्र गर्न सक्ने बताए । वाम गठबन्धनले लक्ष्य सहित जिल्लाको विकास गर्ने योजना अगाडि सारेको बताउदै जनतासँग गरेको प्रतिबद्धता अनुसार नै आगामी दिनमा काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्