पर्यटन सहकारी संस्थाको अध्यक्षमा केसी



२७ कात्तिक, रामेछाप । पर्यटन व्यावसायी सहकारी संस्थाको सातौ साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न भएको छ । खाँडोदवी–६ मा रहेको सहकारीको अधिवेशनबाट कृष्णहरि केसी अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा तेजबहादुर बोहोरा, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी र सचिवमा रमेश केसी लगायत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा ध्यानबहादुर तामाङ, खड्गबहादुर कार्की, गोपाल नेपाली र गम्बिका कार्की सदस्यमा निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि रामेछाप जिल्ला समन्वय समितिका सभापति प्रेमबहादुर खड्का र विशेष अतिथिमा खाँडादेवी गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्