कृष्णपुरी माविलाई न्यायिक संसारद्धारा कम्प्युटर हस्तान्तरण



२७ कात्तिक, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–५ स्थित कृष्णपुरी माविलाई न्यायिक संसारले पाँच थान कम्प्युटर प्रदान गरेको छ । न्यायिक संसारका शिक्षा कार्यक्रम संयोजक रामकृष्ण हुमागाईले विद्यालयका प्रअ रोमन लामालाई पाँच थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
प्रविधियुक्त शिक्षणका लागि निर्वाचन लगत्तै संस्थाले एक थान प्रोजेक्टर प्रदान गर्ने हस्तान्तरण गर्ने प्रअ लामाले जानकारी दिए । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाको लागि प्रविधि मैत्री बनाउन दिनु भएको यो सम्पूर्ण सामग्रीबाट बढी भन्दा बढी सिकाइ उपलब्धि हासिल गर्न सक्षम बनाउने उदेश्यले संस्थाले कम्प्युटर प्रदान गरेको हो ।

कार्यक्रममा न्यायिक संसारका कार्यक्रम संयोजक गौतम बजगाई,शिक्षा कार्यक्रम संयोजक रामकृष्ण हुमागाई, कायंक्रम संयोजक ध्रुव खडका, बेथान एरिया कार्यक्रम संयोजक श्रीधर आचार्य र हिलेदेवी एरिया कार्यक्रम संयोजक सुरज कार्की लगायतको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्