सुनकोसीको खैरेनीघाट पुल धमाधम निर्माण हुँदै (भिडियो सहित)



२८ कात्तिक, रामेछाप ।
नौ बर्ष अघि निर्माण कार्य सुरु भएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल धमाधम निर्माण भइरहेको छ । पुलनको पुनः डिजाइन गर्दा र हिउदको समयमा मात्र निर्माण गर्दा नौ बर्ष वितिसक्दा समेत पुल सञ्चालनमा आउन सकेको थिएन । यसै बर्ष निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण कम्पनीले बताएको छ ।
ठेकेदार कम्पनीको पुल निर्माणमा ढिलाई गरेकोप्रति स्थानीयले आक्रोश व्यक्त गरेपछि पुल महाशाखाले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सूचना जारी गरेको थियो । महाशाखाको चेतावनीपछि गत बर्षदेखि पुल निर्माणको कामले गति लिएको थियो । तीन बर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि नौ बर्षपछि बल्ल पुल निर्माणको कामले गति लिएको छ ।

सिन्धुलीतर्फको तीन वटा पिल्ला निर्माण कार्य सम्पन्न भएर अहिले ढलानको चरणमा रहेका ेछ । रामेछाप तर्फको पिल्लर आधा निर्माण भएको छ । ठेकेदार कम्पनीका अनुसार यसै बर्ष नै गाडी सञ्चालन गर्ने गरी निर्माण कार्य अगाडि बढाएको बताएको छ ।
पुल निर्माणको ठेकेदार कम्पनी कन्काई लामा खम्पाचे जेभीले बीचको भागको लागि ट्रस्ट हालिनेछ । करिब ८ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको पुल निर्माणमा आधा बन्दा बढी रकम खर्च भएको छ ।

८३ मिटर लम्बाई रहेको खैरेनीघाटको पुल सुनकोसी नदीकै छोटो दुरीमा छ । राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुन समयमा निर्माण नहुँदा रामेछाप वासीले ठूलो सास्ती खेप्दै आएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका अध्यक्ष विष्ण श्रेष्ठले समयमा नै पुल निर्माण गर्नको लागि स्थानीय तहबाट ठेकेदार कम्पनीलाई दबाब दिइरहेको रामेछाप न्युजलाई बताए ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्