रामेछापमा कांग्रेसको चुनावी अभियान तीब्र



२९ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापमा नेपाली काग्रेसले चुनावी अभियानलाई तिब्रता दिएको छ । कांग्रसले रामेछापको दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनावी अभियान अन्तर्गत चुनावी सभा कोणसभा र घर दैलो अभियानलाई तिब्रता दिएको हो ।


प्रतिनिधिससभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) प्रदेशसभा क्षेत्र नम्बर २ को चुनावी अभियान सम्पन्न गरेर प्रदेशसभा क्षेत्र नम्बर २ को चुनावी अभियानमा जुटेको छन् । प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार जितबहादुर थापामगर प्रदेशसभा २ का विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।


मतदाताको घरघरमा पुगेर भोट माग्ने कामलाई ने प्राथमिकता दिएको उम्मेदवार थापामगरले बताए । उता प्रतिनिसभाका उम्मेदवार कान्छारामसँगै प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्की सहितको टोली चुनावी अभियानको क्रममा गाउँगाउँ खटिएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले चुनावी अभियान तीब्र रुपमा अगाडि बढिरहेको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्