पूर्वमन्त्री कमल चौलागाई माओवादी केन्द्रमा प्रवेश



२९ कात्तिक, काठमाडौं ।
पूर्वमन्त्री कमल चौलागाई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संयुक्त राष्ट्रवादी समाजावदी पार्टीका अध्यक्ष चौलागाई माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बुधवार संयुक्त राष्ट्रवादी समाजवादी पार्टीका अध्यक्ष चौलागाई, नयाँ शक्ति नेपाल संयोजक समितिका संयोजक ठाकुर चौलागाईको नेतृत्वमा माओवादीमा प्रवेश गरेका हुन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संयुक्त राष्ट्रवादी समाजवादीका अध्यक्ष चौलागाई र नयाँ शक्तिको संयोजक समितिका संयोजक चौलागाईबीच केन्द्रमा रहेकाहरुलाई केन्द्रमै र प्रदेशस्तरमा रहेकाहरुलाई प्रदेशस्तरमै यथोचित जिम्मेवारी दिने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
माओवादी केन्द्रमा समाहित भएका नेता कमल चौलागाईले विगतमा पनि रामेछापवासीले माया गरेर आगामी दिनमा पनि पार्टीको निर्णय अनुसार रामेछापवासीकै सेवा गर्ने बताए ।

उनले भने,‘विगतमारामेछापवाले सांसददेखि मन्त्री बनाउनसम्म भूमिका खेलेका छन् बाँकी जीवन पनि सकेसम्म रामेछापवासीकै सेवा गर्न खर्चिने बताए । चौलागाई मन्त्री भएको बेलामा रामेछापको लुभु– बेथान गाल्वा जोडने सडकको ट्रयाक खन्ने कार्य सुरु भएको थियो । रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी र साबिक गुन्सी गाविसका स्थायी वासिन्दा हाल काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्