कहाँ–कहाँ छन रामेछापमा अति संवेदनशिल १४ मतदानस्थल ?



२९ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि जिल्ला सुरक्षा समिति रामेछापले जिल्लाको १४ वटा मतदानस्थललाई अति संवेदनशिल रहेको बताएको छ । जिल्ला सुरक्षा समितिले सुनापति गाउँपालिकाको बेथान, दिमीपोखरी, खाडाँदेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र रामेछाप नगरपालिका केही मतदानस्थल अतिसंवेदनशिल भएको बताएको हो ।
आगामी निर्वाचनको लागि रामेछापमा ९० मतदानस्थल १ सय ९१ मतदान केन्द्र तोकिएको छ । १४ वटालाई अतिसंवेदनशिल, २३ वटा मतदान स्थललाई संवेदनशील र ५३ वटा मतदानस्थल सामान्य रहेको निष्कर्ष सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।
मतदानस्थलको सुरक्षा अवस्था अनुसार सुरक्षा व्यवस्था मिलाइने रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले बताए । उनले रामेछाप न्युजसँग भने,‘निर्वाचनमा पूर्ण रुपमा शान्ति सुरक्षाको व्यवस्था हुन्छ,स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने प्रशासन प्रतिबद्ध छ ।’

रामेछापको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचनको लागि कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेका छन् । रामेछापको प्रदेससभा क्षेत्र नम्बर १ मा ७३ हजार १ सय ६७ र प्रदेसभा क्षेत्र नम्बर २ मा ७९ हजार ३ सय ९२ जना मतदाता रहको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले जानकारी दिए । म

प्रतिक्रिया दिनुहोस्