मन्थलीमा दलहरुको फुर्ती, प्रहरीलाई सास्ती



२९ कात्तिक, रामेछाप ।
मन्थली बजार एक सातादेखि राजनीतिक दलहरुले झिलिमिली बनाउदै आएका थिए । बजारलाई कुरुप हुने गरी दलहरुले आ–आफ्नो पार्टीका झण्डा र व्यानर फरफराउन थालेपछि मन्थलीवासी दिक्क भएका थिए ।

मन्थली बजारमा नै निर्वाचन आचारसंहिता विपरीत हाक्काहाक्की राजनीतिक दलहरुले बजारमा झण्डा फरफराउदा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय भने बेखरजस्तै भएको थियो । राजनीतिक दलहरुले तुल ब्यानर र पोष्टर टाँग्ने कार्यलाई होडबाजी नै गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रहरी लगाएर बजारमा टाँगिएका तुल व्यानर पोष्टर नष्ट गरेको छ ।

तस्बीर साभारः पत्रकार टिका भट्टको फेसबुक पेजबाट

बजारमा नेपाली कांग्रेस बाम गठबन्धन र संघीय समाजवादी फोरमले अस्वस्थ्य प्रतिस्पर्धा गर्दै प्रचार सामाग्री प्रचार गरेका थिए । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आचारसंहिता विपरीत टांगिएका तुल व्यानर, ध्वजा, पोस्टरहरु हटाएन प्रहरी परिचालन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले निर्वाचन आचारसंहिता विपरीत बजारमा राखिएको प्रचार सामग्री हटाइएको बताए ।

उनका अनुसार पटक–पटक राजनीति दलहरुलाई प्रचार सामाग्री हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि बाँध्य भएर प्रहरीले हटाएको रामेछाप न्युजर्ला जानकारी दिए । राजनीतिक दलहरुले जिल्लाका अन्य विभिन्न बजारहरुमा पनि बजार नै कुरुप हुने गरी प्रचार सामाग्री टाँगने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्