रामेछापको १९१ मतदान केन्द्रमा १५ सय सुरक्षाकर्मी



३० कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि रामेछापको ८ स्थानीय तहको १ सय ९१ मतदान केन्द्रमा जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति लागू गरेको छ । जिल्ला सुरक्षा समितिले १४ वटा मतदानस्थतलाई अति संवेदशिल रहेको निष्कर्ष निकालेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप्रसाद लामेछानेले निर्वाचनको लागि सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सबै तयारी पूरा भएको छ, सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
उनका अनुसार रामेछाप जिल्लाको १ सय ९१ मतदान केन्द्रमा नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी र म्यादी प्रहरी गरी १५ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । एउटा मतदान केन्द्रमा ६ देखि ८ जना सुरक्षकर्मी परिचालन हुने प्रजिअ लामेछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्