यस्तो देखियो बाम गठबन्धनले गाल्वामा आयोजना गरेको चुनावी सभा



१ मंसिर, रामेछाप ।
बाम गठबन्धनले रामेछापको गाल्वामा क्षेत्रीय चुनावी सभा गरेको छ । चुनाव प्रचार प्रसार अन्तर्गत आज नेकपा एमाले र नेकपा माओवादी कन्द्र सम्लित बाम गठबन्धनले गाल्वामा चुनावी सभा गरेको हो । बाम गठबन्धनले आयोजना गरेको क्षेत्रीय सभालाई नेताहरुले सम्बोधन गरेका थिए ।

रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्याम कुमार श्रेष्ठ, रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेल लगायतका बाम गठबन्धनका नेताहरुले सभालाई सम्बोधन गरेका थिए ।


संयुक्त बाम गठबन्धन रामेछाप क्षेत्र नम्बर २ को चुनाव परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । बाम गठबन्धनका नेताहरुले रामेछापको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर जित्ने दावी गरेका छन् ।

हालै सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार नेपाली कांग्रेस भन्दा बाम गठबन्धन रामेछापमा २९ हजार मतले अगाडि छन् । सोही मतलाई आधार मान्दै बाम गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिसभा र प्रदेशसभाको निर्वाचनमा स्थानीय तहको भन्दा भन्दा बढी मत ल्याउने दावी गर्दै आएको छ ।

यस्तो देखियो बाम गठबन्धनको गाल्वाको चुनावी सभा (फोटोफिचर)

 

 

प्रतिक्रिया दिनुहोस्