रामेछापको दोरम्बामा स्थानीय सरकारले थाल्यो सडक निर्माणको काम



१ मंसिर, रामेछाप ।
स्थानीय सरकार अन्तर्गत दोरम्बा गाउँपालिकाले सडकको स्तरउन्नतीको काम सुरु भएको छ । गाउँपालिकाले गाल्वादेखि दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्मको करिब २० किलोमिटर सडकको स्तरउन्तीको काम सुरु गरेको हो ।


दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाका जनतालाई सहज रुपमा यातायात सेवा उपलब्ध गराउने उदेश्यको साड गाल्वा दोरम्बा हुँदै टोकरपुरसम्मको सडकको स्तरउन्नतीको काम अगाडि बढाइएको बताए ।

उनले रामेछाप न्युसँग भने,‘हामीले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम थालेका छौ, आगामी पाँच बर्षमा प्रतिबद्धता अनुसार नै काम गरेर गाउँपालिकाकालाई जनतालाई परिवर्तनको अनुभूति दिलाउछौ ।’ यस अघि नै सडकको ट्रयाक खनिएको उक्त सडकलाई फराकिलो र व्यवस्थित बनाउने काम सुरु भएको छ । अध्यक्ष मोक्तानका अनुसार सडकको स्तरउन्नतीको लागि तीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


सरकारले ठूलै लगानी गरेर गाल्वा दोरम्बा सडक खण्डको अग्लेश्वरीको पहरो काढेर मा सडक निर्माण कार्य सम्पन्न भएपछि अहिले दोरम्बा गाउँपालिका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न सहज भएको छ ।


दोरम्बा गाउँपालिकाको पूर्वी क्षेत्रकाा बासिन्दालाई खाँडादेवी गाउँपालिकाको सुनकोसीस्थित सित्खामा पक्की पुल सञ्चालनमा आएपछि राजधानी काठमाडौंबाट सिधै आवतजावत गर्न सहज भएको अध्यक्ष मोक्तानले बताए ।

प्रतिक्रिया दिनुहोस्