धोवीमा कांग्रेसको चुनावी सभा सम्पन्न



१ मंसिर, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि रामेछापमा कांग्रेसले पनि दुवै प्रदेशसभाका विभिन्न स्थानमा चुनावी सभालाई तीब्रता दिएको छ । कांग्रेसले शुक्रवार लिखु गाउँपालिको धोवीमा चुनावी सभा सम्पन्न गरेको छ ।

चुनावी सभालाई रामेछाप प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्कीले रामेछापमा आफू विजयी भए जिल्लाको विकासमा भूमिका खेल्ने बताए ।

कार्यक्रममा कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जिल्लामा कांग्रेसको जित हुनेमा कुनै शकां नरहेको बताए । त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले रामेछापमा कांग्रेसको जित सुनिश्चित रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्