५७३ वटा ढ्वाङ कुर्न मन्थलीमा ११ दिन बास बस्नु पर्ने



२ मंसिर, रामेछाप ।
रामेछापमा मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने भएपनि मतगणना भने मंसिर २२ गतेबाट मात्र हुने भएको छ । निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न भएपछि एक साथ मतगणना कार्य अगाडि बढाउने निर्णय अनुसार रामेछापमा ११ दिनपछि मात्र मतगणना हुने भएको हो ।
रामेछापको ९० मतदानस्थल र १ सय ९१ मतदान केन्द्रमा खसको मतको ढ्वाङलाई नेपाली सेनाको सुरक्षामा राजनीतिक दलका प्रतिनिधिहरु सहितको सहभागीतामा सम्बन्धित मतदान केन्द्रबाट जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ ।

फाइल तस्बीर

रामेछापका प्रमुख जिल्ला अधिकार दिलिपप्रसाद लामेछानेले सबै मतदान केन्द्रबाट जिल्लास्थित मुख्य निर्वाचन कार्यालयमा मतपत्र संकलन भएपछि राजनीतिक दलहरुको सहभागीतामा एउटा कोठामा राखेर सिलबन्दी गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘जनताको मतको सुरक्षा हुन्छ, सिलबन्दी गरिएको मतको सुरक्षा दिन २४ सै घण्टा सुरक्षाकर्मीले खटिनेछन ।’
मत पेटिाको सुरक्षाको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी पचिालन हुने बताउदै प्रजिअ लामेछानेले जिल्लाभरबाट संकलन हुने मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको मालपोत कार्यालयको हलमा राखेर सिल गरिने बताए ।
मतपेटिकाको सुरक्षाको लागि सुरक्षाकर्मी मात्र नभई रानजीतिक दलका उम्मेदवारहरुलाई समेत कार्यालयमा नै बस्ने व्यवस्था गरिने बताउदै उनले उम्मेदवार बस्ने चाहेको अवस्थामा समेत व्यवस्था गरिने बताए । संकलन भएको मतपेटिका सुरुमा राजनीतिक दलहरुको रोहबरमा सिलबन्दी गर्ने र गणना गर्ने क्रममा पनि रानजीतिक दलहरुको रोहबरमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्