श्रेष्ठको प्रश्न–४ वटा एम्बुलेन्स दिएर रामेछापको विकास हुन्छ ?



२ मंसिर, रामेछाप ।
रामेछापको प्रतिनिधिसभाकाका लागि वामगठबन्धनका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठले रामेछापमा चार वटा एम्बुलेन्स दिएर विकास हुन्छ भन्ने प्रश्न गरेका छन् । उनले विकास निर्माण र पैसाको झुट्टो आश्वासनमा नलाग्न आग्रह गर्दै रामेछापको विकास एउटा डोजरले नहुने बताए ।


‘सांसद र मन्त्री हामी हुने, जिल्लामा करोडौंको बजेट हामीले ल्याउने अनि तिमीले कसरी ग¥यौ विकास ?’ उम्मेदवार श्रेष्ठले प्रश्न गर्दै भने,‘सडक निर्माण गर्ने हामी, रामेछाप जिल्लामा उज्यालो बनाउन करोडौं बजेट ल्याउने हामी अनि विकास चाही तिमीले गरेको हु नि ?’ सडक निर्माण गर्ने हामी अनि सडक निर्माण भइसकेपछि डोजर दिने तिमी ? तिमीले दिने दुई वटा जोडर हैन हामीले यहाँ दर्जनौँ डोजरहरु चलाएर बाटो निर्माण गरिरहेका छौं, उनले भने ।

पैसाले चुनाव नजितिने बताउँदै चेतावनी दिदै उनले कसैले पैसाको भरमा चुनाव चित्ने सपना देखेको छ भने त्यो दिवासपना मात्र हुने बताए । एक्काइसौैं शताब्दीको जनतो पैसामा विक्नेवाला छैनन् र रामेछापेली जनता तिम्रो दुई चार हजारमा आफ्नो अधिकार बेच्न चाँहदैनन, उम्मेदवार श्रेष्ठले भने । रामेछापको गाल्वामा आयोजित चुनवाी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले रामेछापमा वाम गठबन्धनको जित सुनिश्चित भइसकेको बताए ।

कार्यक्रममा रामेछापको प्रदेशसभा ‘ख’ का वाम गठबन्धनका साझा उम्मेदवार कैलाश ढुङ्गेलले पैसाको बलमा निर्वाचन जित्ने सपना नदेख्न कांग्रेसलाई चेतावनी दिए । ठेकेदारले निर्वाचनमा नभई ठेक्कापट्टामा प्रतिस्पर्धा गर्नुपर्ने बताउदै ढुंगेलले भने,‘भोट राजनीतिकलाई नै पेशा बनाएर लागिरहेको नेताहरुलाई दिनुपर्छ, ठेकेदारलाई त ठेक्का टेण्डर पो दिने हो भोट त नेतालाई दिने हो ।’

प्रतिक्रिया दिनुहोस्