प्रकाश दाहालको निधन, अन्तिम श्रद्धान्जलीको लागि पेरिसडाँडामा लगिदै आजै अन्त्युष्टि गरिने



३ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधन भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा हृदयघातको कारण प्रकाश दाहालको निधन भएको हो । उपचारको लागि नर्भिक अस्पतालमा लगिए पनि चिकित्सहरुले मृत घोषणा गरेका थिए । दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ ।झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् । प्रकाशकी पत्नी विना मगर पनि काठमाडौं आइपुगेकी छिन् ।

माओवादी नेता हिमाल शर्मा ले दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने र आज नै अन्त्यष्टि गरिने बताए । केही क्षणमा नै पार्टी केन्द्रीय कार्यालय लैजाने तयारी भएको उनले जानकारी दिए । अस्पतालमा आफन्त र माओवादी नेता कार्यकर्ताहरुको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्