प्रचण्ड नर्भिक अस्पतालमा, अस्पतालले पत्रकार सम्मेलन गर्दै



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुग्नु भएको छ । पुत्र प्रकाश दाहालको हृदयघात कारण निधन भएपछि उहा झापाबाट राजधानी आउनु भएको हो । प्रचण्डसगै उहाकी पुत्री रेणु दाहाल पनि अस्पताल पुग्नु भएको छ ।

उहाहरुलाई पछिल्लो अवस्थाका बारेमा जानकारी दिएपछि मात्र अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी सार्वजनिक गर्ने बताएको छ । अस्पतालले विहान पाच बजेर ५९ मिनेटमा मृत घोषणा गरेको थियो, यद्यपी यसको जानकारी अब केही बेरमा आयोजित पत्रकार सम्मेलनमा दिइने छ । ५ बजेर ५० मिनेटमा अस्पतालको आकस्मिक कक्षमा ल्याइपु¥याउदा दाहालको शरिरले काम गर्न छाडिसकेको थियो । शरिर चिसो भएको र आखाँको नानी समेत बन्द भईसकेको अवस्थामा अस्पताल आईपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्