रामेछापमा ४०१ मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिए को कहाँ ? (सूचीसहित)



४ मंसिर, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लाग रामेछापको ९० मतदानस्थल र १ सय ९१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४०१ जना खटाइने भएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली टुंगो लगाएको ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई दुई चरणमा तालिम प्रदान गरेर सम्बन्धिन मतदान केन्द्रमा खटाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए । उनले भने,‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको नामावली अनुसार तालिम प्रदान गरेर सम्बन्धिन मतदान केन्द्र्रमा खटिनुभएको छ ।’

उनका अनुसार मतदाता शिक्षाको लागि पनि मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्यवमसेवक परिचालन भइसकेका छन् । रामेछापको ८ वटा स्थानीय तहको सबै क्षेत्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताउदै उनले भने,‘स्थानीय तहको भन्दा यस पटक मतबदर हुने सम्भावना कम रहेको छ, जिल्लामा जनताको सहभागीतामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ ।’

को कहाँ ? (सूचीसहित)

 

प्रतिक्रिया दिनुहोस्