निवर्तमान सांसद सुवेदीलाई मातृ शोक



४ मंसिर, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एवं निवर्तमान सांसद कमलाकुमारी घिमिरेलाई मातृ शोक परेको छ । सुदेवीकी आमा ८३ बर्षिय आमा डम्बरकुमारी घिमिरेको आज निधन भएको छ । स्वर्गीय घिमिरेको आज नै पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको छ । सुदेवीको आमा डम्बरकुमारी घिमिरेको निधनप्रति नेकपा एमालेका केन्द्रीय सदस्य एवं संयुक्त बाम गठबन्धन रामेछापका प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवशकंर पौडेलले शोकसन्तप्त परिवारप्रति गहिरो संमवेदना व्यक्त गरेका छन् ।


त्यसैगरी रामेछाप प्रतिनिधिसभाका निर्वाचनको लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले पनि कमला सुवेदीको आमा डम्बरकुमारी सुवेदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा संमवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्