बेथानमा जारी गरिएको निषेधित क्षेत्र घोषणाको निर्णय सच्याउन बाम गठबन्धको माग (विज्ञप्ती सहित)



४ मंसिर, रामेछाप ।
सुनापति गाउँपालिका– ४ बेथानमा आयोजित पूर्व निर्धारित कार्यक्रम स्थानीय प्रशासनले रोक्ने गरी जारी गरिएको निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन बाम गठबन्धनले माग गरेको छ । बाम गठबन्धनले  विना कुनै कारणले लगाइएको हँदा तत्काल उक्त निर्णय फिर्ता लिएर उम्मेदवारलाई जनता समक्ष जान पाउने संवैधानिक व्यवस्थाको सुनिश्चिता गर्न माग गरेको हो ।
संयुक्त बाम गठबन्धनका आज मन्थलीमा बसेको बैठकले मंसिर ५ गत निर्धारित चुनावी प्रचार कार्यक्रमलाई नेपाली कांगेस नेतृत्वको सरकारको सिकायतमा जिल्ला प्रशासन कार्यालय रामेछापले स्थानीय सुरक्षा समितिको बैठकको हवला दिदै विना कुनै कारण निषेधित क्षेत्र घोषण गरी कुनै कार्यक्रम नराख्न सूचना जारी गर्नुले निर्वाचनको दौरनमा दल र उम्मेदवाहरले आफ्नो नीति कार्यक्रम र प्रतिबद्धता आम मतदाताहरु समक्ष भयरहित वातावरणमा राख्न पाउने संवैधानिक हक अधिकारको समति हनन भएको ठहर गरेको छ ।
बैठकले सरकार र स्थानीय प्रशासनको गलत निर्णयप्रति घोर निन्दा र भत्र्सना गरेको छ । चुनाव प्रचार प्रसारको अभियानमा बेथान लगायत कुनै पनि ठाउँमा कुनै पनि खालको अप्रिय घटना नघटेको र शान्तिपूर्ण रुपमा चुनावी गतिविधि अगाडि बढाइरहेको अवस्थामा हठात निषेधित क्षेत्र घोषणाा हुनुले वर्तामान कांग्रेस नेतृत्वको सरकारले निर्वाचन स्वच्छ र भयरहित रुपमा सम्पन्न गर्छ भन्ने कुरामा गम्भीर आशका उत्पन्न भएको बाम गठबन्धले आशका गरेको छ ।

संयुक्त बाम गठबन्धन रामेछापका चुनाव परिचालन कमिटीका संयोजक देवशंकर पौडलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘सरकार र स्थानीय प्रशासनलाई तत्काल यो निर्णय फिर्ता लिई उक्त क्षेत्रमा जनताहरुसँग उम्मेदवाहरुको मत माग्न पाउने अधिकारको सुनिश्चिता गर्न माग गर्दछौ ।’ बाम गठबन्धनले अन्यथा यसबाट उत्पन्न हुन सक्ने सबै खालको परिणाको जिम्मेवार स्थानीय प्रशासनले लिनुपर्ने चुतावनी समेत दिएको छ । पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘सम्पूर्ण कार्यकर्ता पत्तिलाई धैयतापूर्वक निर्वाचन अभियनमा सामेल हुन र यस्ता खाले सम्पूर्ण षडयन्त्रको भण्डाफोर गर्दै निर्वाचन अभियानमा कुनै बाधा अवरोध आए कडा प्रतिरोध गर्न समेत निर्देशन गरिन्छ ।’

विज्ञप्ती सहित

 

प्रतिक्रिया दिनुहोस्