रामेछापको स्थानीय प्रशासनले मन्त्रीकै कार्यक्रममा सुरक्षा दिन सकेन



५ मंसिर, रामेछाप ।
स्थानीय प्रशासनले मन्त्रीकै कार्यक्रममा सुरक्षा दिन नसकेपछि प्रशासनको आलोचना सुरु भएको छ । रामेछापको प्रतिनिधिसभा सदस्यको लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका राज्यमन्त्री श्यामकुमार श्रेष्ठलाई स्थानीयले प्रशासनले चुनावी कार्यक्रममा सुरक्षा दिन नसकेको हो ।

बाम गठबन्धनले आज सुनापति गाउँपालिका–४ बेथानमा स्थानीय प्रशासनको स्वीकृत लिएर नै चुनावी सभाको कार्यक्रम राखेको यियो । तर बाम गठबन्धनको पूर्वनिर्धारित कार्यक्रम गर्नु अघि नै स्थानीय प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गरेपछि बाम गठबन्धन स्थानीय प्रशासनसँग रुष्ट बनेको छ ।
संयुक्त बाम गठन्धन प्रदेशसभा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन किमिटीका संयोजक टंकलाल घिसिङ ‘टलक’ले प्रशासनले विना कारण आफूहरुले प्रशासनको स्वीकृति लिएर नै आयोजना गरको चुनावी सभा रोकेको बताए ।

उनले भने,‘निर्वाचनको क्रममा सबै मतदाता समक्ष पुगेर मत माग्न पाउने संवैधानिक अधिकारलाई प्रशासनले रोक लगाइएको छ, यो बाम गठबन्धनलाई सह्यै हुन सक्दैन ।’ कांग्रेसले यस अघि नै बेथानमा चुनावी सभा सम्पन्न गरेको र प्रशासनले कांग्रेसको हवला दिदै सुरक्षा दिन नसक्नु प्रशासनमाथि गम्भीर प्रश्न गरेको बताउदै घिसिङले मन्त्रीकै कार्यक्रममा सुरक्षा दिन नसक्ने प्रशासनको रवैयाप्रति ठूलो आशका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्