बेथानलाई निषेधित क्षेत्र घोषणा, जिल्लाभर सुरक्षाकर्मीको सख्या बढाइयो



५ मंसिर, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा आज आयोजित बाम गठबन्धनको चुनावी रोक्न सोही ठाउँमा कांग्रेसले पनि चुनावी सभाको आयोजना गर्ने भएपछि सम्भावित झडपलाई रोक्ने स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेसँगै रामेछापमा सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ ।


यस अघि जिल्ला सुरक्षा समिति रामेछापले रामेछापको ९० मतदानस्थल र १ सय ९१ मतदान केन्द्रको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी १५ सय सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समितिले १४ वटा मतदानस्थलाई अति संवेदशिल ठहर गर्दै १५ सयबाट बढाएर २२ सय पुर्याउने निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले रामेछाप न्युजलाई बताए । जिल्ला सुरक्षा समितिले २३ वटा मतदान स्थललाई संवेदनशील स्थलको सूचिमा राखिएको छ भने ५३ वटा स्थल सामान्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्