रामेछापमा ४० हजार मतदाता परिचयपत्र मात्र वितरण हुने



५ मंसिर, रामेछाप ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछाप जिल्लामा ४० हजार मतदाता परिचयपत्र मात्र वितरण हुने भएको छ । १ लाख ५२ हजार मतदाता रहेको रामेछापमा नयाँ थपिएका र स्थानीय तहको निर्वाचनमा वितरण हुन बाँकी रहका २० हजार मतदाता परिचयपत्र मात्र वितरण हुने भएको हो ।


नयाँ र वितरण गर्न बाँकी मतदाता परिचयपत्र मंसिर ८ र ९ गते सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले बताए ।
उनले रामेछाप न्युजसँग भने,‘विदेशमा भएका र स्थानीय तहको निर्वाचनमा मतदान गर्न नआएका मतदाता परिचयपत्र बाकी छ, निर्वाचनका लागि बाँकी र नयाँ दुवै मतदाता परिचयपत्र वितरण हुन्छ ।’ निर्वाचन आयोगले मतदान गर्नको लागि फोटो सहितको मतदाता परिचयपत्र अनिवार्य गरेको छ । उपाध्यायका अनुसार यस अघि स्थानीय तहमा वितरण भएको मतदाता परिचयपत्रले नै मतदान नर्ग पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्