स्थानीय प्रशासनको विरुद्ध रामेछापको ६३ स्थानमा बाम गठबन्धनको विरोध सभा



५ मंसिर, रामेछाप ।
सुनापति गाउँपालिका–४ बेथानमा आज आयोजित चुनावी सभालाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकोप्रति आपत्ति जनाउदै संयुक्त बाम गठन्धनले रामेछापको ६३ स्थानमा सरकारको विरोध सभा गरेको छ । विना कुनै कारण स्थानीय प्रशासनले कांग्रेसको सिकायतमा बेथानको चुनावी सभालाई रोकेको बताउदै बाम गठबन्धनले स्थानीय प्रशासनले लिएको निर्णय फिर्ता लिन चेतावनी दिएको छ ।
स्थानीय प्रशासनले बेथानमा कुनै झडप नभएको अवस्थामा शान्तिपूर्ण जनता समक्ष आफ्नो विचार लैजाने संवैधानिक अधिकारको सरकारले हनन गरेको संयुक्त बाम गठबन्धन प्रदेशसभा क्षेत्र नम्बर २ का चुनाव परिचालन समितिका संयोजक टंकलाल घिसिङ टकलले बताए ।

उनले भने,‘सरकारले सत्ताको आडमा जनतालाई त्रास सृजना गर्न खोजेको छ, निरुङकुतापूर्ण ढंगले बाम गठबन्धनको पूर्वनिर्धारित कार्यक्रम रोक्ने काम गरेको छ, यसको बाम गठबन्धनले सशक्त रुपमा प्रतिवाद गछौं ।’
बेथान बाहेक सबै ६३ वडाको ६३ स्थानमा नै आज बाम गठबन्धनले बेथानको चुनावी सभा रोक्ने प्रशासनको निर्णय विरुद्ध कार्यक्रम गरेको हो । सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा पनि बाम गठबन्धनले विरोध सभा सम्पन्न गरेको छ । जिल्लाभर विरोध सभा सम्पन्न भएको घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्