पुरानागाउँमा कांग्रेसको चुनावी सभा सम्पन्न



५ मंसिर, रामेछाप ।
रामेछापको पुरानागाउँमा नेपाली कांग्रेसको चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभामा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार जितबहादुर थापामगरले रामेछापमा कांग्रेसको विजयी सुनिश्चित रहेको बताए । उनले आफूलाई निर्वाचनमा विजयी गराए रामेछापलाई समृद्ध बनाउने बताए । उम्मेदवार थापामगरेले जिल्लाको विकास निर्माण गर्दा प्राथमिकता निर्धारण गरेर काम अगाडि बढाइने बताए ।


कार्यक्रममा रामेछाप कांग्रेसका पूर्व सभापति रामचन्द्र खड्काले लोकतन्त्रको रक्षाको लागि पनि रामेछापमा कांग्रेसले जित्नु पर्ने बताए । उक्त कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य रत्नहरि ढुगेलले रामेछापको विकास र समृद्धिको लागि पनि कांग्रेसले जित्नु पर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्