कांग्रेसले सभा राखकै दिन खिम्तीमै बाम गठबन्धनले कार्यक्रम गर्ने



५ मंसिर, रामेछाप ।
बेथानमा चुनावी सभा गर्न स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्दै असन्तुष्ट बनेको बाम गठबन्धनले मंसिर ७ गते खिम्तीमा चुनावी सभाको आयोजना गरेको छ ।

सोही दिन खिम्तीमा नै कांग्रेसले पनि चुनावी कोणसभाको आयोजना गरेको छ । संयुक्त बाम गठन्धन रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का निर्वाचन परिचालन कमिटीका संयोजक टंकलाल घिसिङ ‘टलक’ले अन्तिम चुनावी सभा खिम्तीमा राखिएको बताए ।

दुवै दलले खिम्तीमा चुनावी सभा गर्ने भएपनि स्थानीय प्रशासनले दुवै पक्षलाई राखेर भोली सर्वदलिय बैठक गर्ने भएको छ । दुवै दलबीच सहमति नजुटे बेथानमा जस्तै खिम्तीमा पनि निषेधित क्षेत्र घोषणा गर्ने तयारी जिल्ला प्रशासन कार्यालय रामेछापले गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्