दोरम्बा गाउँपालिकाको १८ स्थानमा फ्रि वाइफाई !



७ मंसिर, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाको १८ स्थानमा फ्रि वाइफाई जडान भएको छ । गाउँपालिकाको पहलमा पाँच वटा वडा कार्यालय, मावि विद्यालय र स्वास्थ्य चौकीमा इन्टरनेट जडान गरिएको हो ।
दोरम्बा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङले यस अघि नै गाउँपालिकामा इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएकी थिइन । अहिले नेपाल टेलिकमको सहकार्यमा दोरम्बा गाउँपालिकामा इन्टरनेट जडान गरिएको छ । दोरम्बा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङले गाउँपालिको १८ स्थानमा इन्टरनेट जडान गर्ने कार्य सम्पन्न भएको बताइन ।

उनले रामेछाप न्युजसँग भनिन,‘गाउँपालिकाभित्र सहज रुपमा इन्टरनेटको सेवा उपलब्ध गराउने हाम्रो उदेश्य हो, अब विस्तारै पूरा गर्दैछौ ।’ गाउँपालिकाको पहलमा दोरम्बा गाउँपालिका–१ डडुवा, वडा नम्बर ६, वडा नम्बर २ दोरम्बा, वडा नम्बर ४ गौश्वार र वडा नम्बर ३ को गौश्वारामा इन्टरनेट जडान भएको र केही समयपछि सञ्चालनमा आउने भएको छ ।

गाउँपालिकाको ५ र ७ नम्बरका वडा कार्यालयमा भने केही समयपछि मात्र जडान हुने उपाध्यक्ष घिसिङले जानकारी दिइन । गाउँपालिकाको मावि विद्यालय र स्वास्थ्य चौकीमा पनि स्याटालाइट इन्टनेट जडान भएको भएको छ । इन्टरनेट जडानसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र मावि विद्यालयहरुको दैनिक कामकाज समेत सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्