मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने



९ मंसिर, रामेछाप ।
मतदान गर्नको लागि निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयन अनिवार्य रुपमा चाहिने भएपनि भोटर लिस्टमा नाम भएकाहरुले मतदान गर्न पाउने भएका छन् । रामेछापमा पनि मतदाता परिचयपत्र नभएका र तर भोटर लिस्टमा नाम भएकाहरुले मतदान गर्न पाउने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्यायले मतदाता परिचयपत्र आवश्यक भए पनि हराएको अवस्थामा मतदाता नामावलीमा नाम समावेश भए मतदान गर्न पाउने बताए । उनले रामेछाप न्युजसँग भने,‘मतदाता नामावलीमा नाम समावेश भएका सबैले मतदान गर्नबाट बञ्चित हुनु नपरोस भएर यो व्यवस्था लागू गरिएको हो ।’
मतदाता परिचय पत्र नभए पनि मतदाता नामावलीमा नाम भएकाहरुले सरकारले जारी गरेको फोटो सहितको पहिचान खुल्ने नागरिकता, राहदानी, जग्गा धनीको लालपूर्जा, ड्राइभिङ्ग लाइसेन्सले पनि पनि मतदान गर्न पाइन्छ, निर्वाचन अधिकारी उपाध्यायले रामेछाप न्युजसँग भने ।

 

प्रतिक्रिया दिनुहोस्