रामेछापमा यस्तो छ मत खस्ने रिपोर्ट



९ मंसिर, रामेछाप ।
प्रनिनिधिसभा र प्रदेशसभाको नर्वाचनमा रामेछापमा कति मत खस्ला ? भन्ने धेरैको चासो र चिन्ताको विषय बनेको छ । निर्वाचनमा उम्मेदवारहरुलाई मतदाताले दिने मतकै कारण हारजित हुनेछ । रामेछापमा गत स्थानीय तहमा खसेको मत भन्दा कम मत खस्ने एक अध्यायनले देखाएको छ ।
स्थानीय तहको निर्वाचनमा १ लाख ३४ हजार मतदाता रहेकामा रामेछापको ८ स्थानीय तहबाट ७० प्रतिशत मत खसेको थियो । तर स्थानीय तहको तुलनामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही कम खस्ने अनुमान राष्ट्रिय अनुसन्धान रिपोर्टले देखाएको छ ।
राष्ट्रिय अनुसन्धानको रिपोर्ट अनुसार रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ५५ देखि ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचन भन्दा यस पटक निर्वाचनमा स्वभाविक रुपमा मत कम खस्ने आकलन राजनीतिक दलहरुले पनि गर्दै आएका छन् ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकरी कपिल प्रसाद उपाध्यायले स्थानीय तहमा ७० प्रतिशत मत खसेको बताए ।

प्रतिक्रिया दिनुहोस्