रामेछापमा ६० प्रतिशत मतदान, कसले मार्ला बाजी ?



१० मंसिर, रामेछाप ।
आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछापबाट ६० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद उपाध्ययाले रामेछाप न्युजसँग भने,‘रामेछापमा प्रारम्भिव रुपमा ६० प्रतिशत मत खसेको परिणाम आएको छ ।’ स्थानीय तहको निर्वाचनमा रामेछापमा ७० प्रतिशत मत खसेको थियो । स्थानीय तहको तुलनामा ११ प्रतिशत कम मत खसेको निर्वाचन अधिकारी उपाध्यायले जानकारी दिए ।

निर्वाचन कार्यालयका अुनसार सबै भन्दा बढी मन्थली नगरपालिका–१ हवाइ मैदानमा ७० प्रतिशत र सबै भन्दा कम मझुवामा ४० प्रतिशत मतदान भएको छ ।

प्रतिक्रिया दिनुहोस्