रामेछापमा ८९ हजार ५ सय ८७ जनाले गरे मतदान



१० मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि ८९ हजार ५ सय ८७ मत खसेको छ । रामेछापको एक प्रतिनिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्रबाट ५८.७३ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत मधु पौडेलले रामेछाप न्युजलाई जानकारी दिए ।

उनले सबै मतदान केन्द्रबाट सदरमुकाम मन्थलीसम्म मतपेटिका ल्याउने क्रम सुरु भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘प्रतिनिधिसभा र प्रदेहशभाको लागि ४४ हजार १ सय १४ महिला र ४५ हजार ४ सय ७३ पुरुषले मतदान गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्