रामेछापमा ५७३ वटा मतपेटिकाको सुरक्षा गर्न एक सय सुरक्षाकर्मी परिचालन



१० मंसिर, रामेछाप ।
रामेछापकाको १ सय ९१ मतदान केन्द्रमा खसेको मतपेटिकालाई मुख्य निर्वाचन कार्यालय मन्थलीमा ल्याउने क्रम सुरु भएको छ । जिल्लाको आठ स्थानीय तहबाट संकलन हुने ५७३ वटा मतपेटिकोको सुरक्षाको लागि जिल्ला सुरक्षा समिति रामेछापले एक सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।


रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले मतपेटिको सुरक्षाको लागि भरपर्दो सुरक्षा व्यवस्था गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘मतपेटिकाको पूर्ण रुपमा सुरक्षा गर्नको लागि एक सय जना सुरक्षाकर्मी परिचालन गर्नेछौ, सुरक्षाकर्मीसँगै राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि मतपेटिका भएको स्थानमा राख्ने व्यवस्था मिलाइएको छ ।’
जिल्लाको सबै मतदान केन्द्रबाट संकलन भएको मतपेटिका राजनीतिक दलहरुको सहभागीतामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भवनमा सिल गरेर २४ सै घण्टा सुरक्षा प्रदान गरेर राखिने, प्रजिअ लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्