रामेछापमा ५८.७३ प्रतिशत मतदान



१० मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापमा ५८.७३ प्रतिशत मतदान भएको छ । निर्वाचनमा कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता रहेकामा ८९ हजार ५ सय ८७ जनाले मत खसेको छ ।
४४ हजार १ सय १४ जना महिला र ४५ हजार ७ सय ७३ पुरुषले मत खसालेका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिलप्रसाद लामिछानेले रामेछापमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्