कांग्रेस नेता कल्याण बस्नेतको निधन



११ मंसिर, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका नेता कल्याण वस्नेतको निधन भएको छ । कांग्रेस रामेछापबाट पूर्व महाधिवेशन प्रतिनिधि र पूर्व जिल्ला कार्यसमितिका सदस्य का वस्नेतको आज काठमाडौंमा निधन भएको हो ।
रामेछापको गोकुलगंगा–४ बेतालीमा जन्मिएका लामो समयदेखि राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहदै आएका थिए । नशाको समस्याको कारण काठमाडौको निदान अस्पतालमा भर्ना भएर उपचारको क्रममा निधन भएको परिवारले जानकारी दिएको छ ।


पूर्व महाधिवेशन प्रतिनिधि बस्नेतको निधनप्रति कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव लेखबहादुर कार्कीले  गहिरो दुःख व्यक्त गरेका छन् । कार्कीले भने,‘पार्टीले राजनीतिमा लामो समयदेखि काम गर्दै आउनुभएका बस्नेतको निधनले पार्टीलाई ठूला क्षति भएको छ ।’ उनले वस्नेतको असामहिक निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संमवेदना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्