रामेछापका ५७३ मतपेटिका मालपोत कार्यालयमा राखियो, १० दिन कुर्नुपर्ने



११ मंसिर, रामेछाप ।
रामेछापको १९१ मतदान केन्द्रका मतपेटिका सिल बन्दी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला मालपोत कर्यालय मन्थलीमा राखिएको छ । ५७३ वटा मतपेटिका राजनीतिक दलहरुसँगको बैठकपछि सिल गर्ने कार्य सम्पन्न भएको छ । मतपेटिका मातपोत कार्यालयको दोस्रो तलाको तीन वटा कोठमा राखिएको छ । तीन वटै कोठा सिल गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएको छ। त्यसैगरी बाम गठबन्धले पनि सोही ताला लगाएको ठाउँमा आफ्नो ताल्चा लगाएको छ ।


रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछानेले मतपेटिकोको सुरक्षाको लागि सुरक्षाकर्मी खटाइएको बताए । उनले रामेछाप भने,‘मतपेटिकोको सुरक्षाको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, मालपोत कार्यालयमा जडान भएको सिसि क्यामेराले पनि दस दिनसम्म निगरानी गर्छ ।’
मुख्य निर्वाचन अधिकृत कार्यालयका सहयक अधिकृत मधु पोख्रेलले मतमेटिकोको सुरक्षाको लागि राजनीतिक दलहरुको सहभागीतामा सिल गरिएको बताए । उनले भने, ‘प्रतिनिधिसभाको मेतपेटिका एउटा कोठामा, प्रेशसभा क्षेत्र नम्बर १ को मतपेटिका दोस्रो कोठामा र प्रदेशसभा क्षेत्र नम्बर २ र समानुपातिक तर्फको मतपेटिका तेस्रो कोठामा सुरक्षित साथ राखिएको छ ।’


मतपेटिको सुरक्षाको लागि सुरक्षाकर्मीहरुले २४ सै घण्टा सुरक्षा पहरा दिनेगरी व्यवस्था मिलाइएको छ । मतपेटिकाको सुरक्षाको लागि उम्मेदवाहरुले पनि आफ्ना प्रतिनिधिहरु राख्ने पाउने सहायक अधिकृत पोख्रेलले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्