रामेछापमा मतपेटिको सुरक्षाको लागि ताल्चामाथि ताल्चा



११ मंसिर, रामेछाप ।
रामेछापको सबै मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला मातपोत कार्यालयमा सिल गरिएको छ । मतपेटिकाको सुरक्षाको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताल्चा लगाएको ठाउँमा बाम गठबन्धनले पनि थप ताल्चा लगाएको छ ।

रामेछापमा ९० मतदानस्थलबाट संकलन भएको मतपेटिका सोमवार राजनीतिक दलको बैठकपछि सिल गरिएको छ । मतपेटिकाको सुरक्षाको लागि अबको १० दिनसम्म २४ सै घण्टा सुरक्षा प्रदान गर्नुको साथै राजनीतिक दलका प्रतिनिधिहरु समेत मतपेटिकाको सुरक्षाको लागि बस्न भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्