तारा एयरको विमान दुर्घटना



१२ मंसिर, काठमाडौं ।
तारा एयरको विमान हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेत उड्ने तयारी गर्दै गर्दा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ l दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ ।

प्रतिक्रिया दिनुहोस्