निर्वाचनमा खटिदा निधन भएका गौतमका परिवारले आयोगबाट क्षतिपूर्ति पाउने



१२ मंसिर, रामेछाप
निर्वाचनको खटिएकै क्रममा निधन भएका सहायक कर्मचारी टंक गौतमको परिवारले निर्वाच्न आयोगबाट क्षतिपूर्ति पाउने भएका छन् । निधन भएका गौतमको पोस्टमार्टम गर्नको लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पोष्टमार्टमको रिपोर्टको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गर्ने जनाएको छ । प्रहरीका अनुसार कर्मचारी गौतमको निधन हृदयघातको कारण भएको हो ।

मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका सहायक कर्मचारीको बाटोमै सुनापति गाउँपालिका–१ गुन्सी भएको थियो । घरमा पुग्नु केही समय अघि धपेडीको कारण उनको मृत्यु भएको प्रहरीले बताएको छ । गौतम उमाकुण्ड गाउँपालिकाको बाम्ती ख मतदान केन्द्रमा खटिएका थिए ।

निर्वाचन सम्पन्न गरेर सदरमुकाम मन्थलीमा मतपेटिका बुझाएर गौतम घर फर्किने क्रममा मृत्यु भएको थियो । गौतम गुन्सीमा अध्यापन गर्ने शिक्षक थिए । निर्वाचन सम्पन्न गरेर सदरमुकाम मन्थली आई सोमबार बिहान घर आउने क्रममा घर पुग्नु भन्दा केही मिनेट अगाडी निधन भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले निर्वाचनमा खटिए घर जाने क्रममा निधन भएका कर्मचारी गौतमको पोस्टमार्टमको रिपोर्टको आधारमा पूतिपूर्तिको लागि निर्वाचन आयोगमा सिफारिस गरिने रामेछाप न्युजलाई बताए । उनले भने,‘प्रहरीले दिएको रिपोर्टको आधारमा निर्वाचनमा खटिएका कर्मचारीको परिवारलाई क्षतिपूर्ति लागि हामी आयोगलाई सिफारिस गछौ ।’

निर्वाचनको सम्पन्न गराएर घर फर्किने क्रममा निधन भएका कर्मचारी गौतमको असामहिक निधनप्रति मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति संमवेदना व्यक्त गरेको छ । निर्वाचनकै क्रममा निधन भएको पुष्टि सहितको रिपोर्ट र सिफारिस भए गौतमको परिवारले करिब १५ देखि २० लाख रुपैयाँ क्षतिपूर्ति पाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्