रामेछापमा मतपेटिकाको सुरक्षा गर्न तीन घेराको सुरक्षा, उम्मेदवारका प्रतिनिधि रातभर जागै



१३ मंसिर, रामेछाप ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरबाट संकलन भएको मतपेटिका मालपोत कार्यालयमा सिल गरेर राखेको छ । सिल गरेर राखिएको मेतपेटिकोको सुरक्षा गर्न जिल्ला सुरक्षा समितिले तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।
तेस्रो घेरामा नेपाली सेना, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रोमा नेपाल प्रहरीले २४ सै घण्टा सुरक्षा पहरा दिएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसा लामिछानेले मतपेटिकोको सुरक्षाको लागि पचास भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘तीन घेरामा मतपेटिकाको सुरक्षा व्यवस्था गरेका छौ, सुरक्षाकर्मीसँगै मतपेटिकाको सुरक्षा गर्न उम्मेदवारका प्रतिनिधिहरु पनि बसेका छन् ।’


मंसिर ११ गतेदेखि नियमित रुपमा उम्मेदवारका प्रतिनिधिहरु पनि मतपेटिका राखिएको बाहिरै ओछ्यान लगाएर सुत्ने गरेका छन् । रामेछापको एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको लागि जिल्लाबाट ८९ हजार ५ सय मत खसेको छ । जिल्लाको १९१ मतदान केन्द्रबाट खसेको मत सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला मातपोत कार्यालयमा राखिएको छ ।


मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मंसिर २२ गतेबाट मतगणना कार्य अगाडि बढ्न प्रजिअ लामिछानेले बताए । मतपेटिको सुरक्षा गर्न बसेको उम्मेदवारका प्रतिनिधिहरु पनि २४ सै घण्टा सुरक्षा दिन खटिएका छन् । एउटा उम्मेदवारको २ जना प्रतिनिधि बस्ने गरी मातलपोत कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । उम्मेदवारका प्रतिनिधिहरु पालैपालो मेतपेटिकाको सुरक्षाको लागि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्