३२ जिल्लामा मंसिर २१ गते साझबाट मतगणना



१३ मंसिर, काठमाडौं ।

पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलका सबै मतपेटिकाहरू बुधबार बिहान ११ः१५ मा सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको हो ।

दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने निर्वाच्न आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भएको दिन मंसिर २१ गतेबाट नै पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ३२ जिल्लामा मतगणना सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्