विनोद चौधरीको परिवारलाई १० लाख दिने सरकारको निर्णय



१३ मंसिर, काठमाडौं ।
बम विस्फोटमा परी मारिएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले १० लाख रुपैयाँ दिने निर्णय गरको हो ।

दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका म्यादी प्रहरी चौधरीको आज विहान उपचारका क्रममा मृत्यु भएको थियो।बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए ।
सरकारले निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने भएको छ। शान्ति सुरक्षा सरकारको प्राथमिक दायित्व भएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सबै कानुनी उपाय अवलम्बन गरिरहेको उनले बताए

प्रतिक्रिया दिनुहोस्