पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



१४ मंसिर, काठमाडौं । सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गणतन्त्र स्थापना भएपछि पृथ्वी जयन्तीमा दिदै आएको विदा कटौती भएको थियो । तर आज बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
विदा दिने निर्णयको राप्रपाले स्वावगत गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सो पार्टीले स्थापनाकालदेखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्