नेपालथोक सुनापति दोरम्बा हुँदै सैलुङसम्म केबलकार !



१५ मंसिर, रामेछाप ।
पैदल यात्राको लागि उपयुक्त गन्तव्य मानिएको सिन्धुलीको नेपालथोक, सुनापति, दोरम्बा हुँदै सैलुङसम्मको स्थानमा अब केबुलकारको योजना अगाडि बढने भएको छ ।

पर्यटन क्षेत्रको विकास गर्नको लागि नेपालथोक–सुनापति डाँडा, गाल्वा, अग्लेश्वरी, दोरम्बा हुँदै रामेछाप र दोलखाको सीमाना सैलुङसम्म केबलकारको योजना अगाडि बढाउन लागिएको सुनापति गाउँपलिकाका अध्यक्ष धावा लामाले बताए ।

अध्यक्ष लामाले रामेछाप न्युजसँग भने,‘रामेछापको विकासको लागि पर्यटन क्षेत्रको विकास बलियो आधार हो, यो योजना कार्यान्वयन गर्न लागि हामी प्रदेश सरकार र केन्द्रीय सरकार समक्ष माग लिएर जाने तयारीमा छौ ।’ सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकाले केबलकार सञ्चालन गर्ने योजनालाई संयुक्त रुपमा अगाडि लिएर जाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्