चपलीमा बम विस्फोट गगन थापा घाइते



१८ मंसिर, काठमाडौं ।
काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटनमा परी ११ जना घाइते भएका छन् ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।

थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो प्रहरीले बताएको छ । प्रहरीका अनसार विस्फोट हुँदा थापा ४० मिटरको दुरीमा थिए ।

विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको अस्पताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्