चुनावको बारेमा यस्तो आयो कुलमानको प्रतिक्रिया



१९ पुस, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले कुनै पनि राजनीतिक दलको पक्ष र विपक्षमा नलागेको बताएका छन् । उनले कुनै पार्टीलाई समर्थन र कुनैलाई आक्षेप लगाउने गरी अभिव्यक्ति पनि नदिएको बताएका हुन् ।

कुलमानले कम्युनिष्टहरु ढोंगी हुने भएकाले आफू कांग्रेसको पक्षमा रहेको भनेको भनेर केही अनलाइनहरुले समाचार सम्प्रेषण गरेकोप्रति स्पष्ट पारेका छन् । उनले रामेछाप न्युजसँग भने,‘मैले कुनै पार्टीको पक्षमा विपक्षमा रहेर कुनै पनि खालको अभिव्यक्ति दिएको छैन, गलत समाचारको पछि नलाग्न म सबैलाई आग्रह गर्दछु ।’आफूले भन्दै नभनेको विषयलाई समाचार बनाइएको र मिडियाले गलत समाचार छापेको भन्दै कुलमानले खेद व्यक्त गरे ।


उनले आफ्नो फेसबुक पेजमार्फत् पनि सबैलाई आफूले कुनै पार्टीको बारेमा केही पनि प्रतिक्रिया नदिएको अवगत गराएका छन् । ‘मैले बोल्दै नबोलेको कुरालाई केही सञ्चारमाध्यमले मेरो हवाला दिएर चुनाव सम्वन्धी सामाग्री सम्प्रेषण गरेको पाइएकोले खेद व्यक्त गर्दछु । यस्ता गलत समाचार सम्प्रेषण नगर्नु हुन हार्दिक अनुरोध गर्दछु’, कुलमानले भनेका छन् ।
नेपाल विद्युत प्राधिकरणको प्रमुखको पद सम्हालेलगत्तै उनले काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लाहरुमा लोडसेडिङ हटाएर सबैको मन जितेका छन् । घिसिङ लोडसेडिङ हटाउने मात्र होइन, विद्युत बेचेर नेपाललाई धनी बनाउने अभियानमा समेत रातदिन खटेका छन् ।

प्रतिक्रिया दिनुहोस्