अब काठमाडौँ–कुवेत सिधा उडान



१९ मंसिर, काठमाडौं ।
काठमाडौँ–कुवेत सिधा उडान शुरु हुनेभएको छ । भोलिदेखि काठमाडौ–कुवेत सिधा उडान हुने भएको हो । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवा सुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलवार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडाँै–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्