रामेछापका पूर्व प्रजिअ पौडेल ‘इन्डिग्रेटी आइडल’को उत्कृष्ट पाँचमा पर्न सफल



१९ मंसिर, काठमाडौं ।
रामेछापका पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका मोरङका सहायक सिडियो शेषनारायण पौडल ‘ईन्डिग्रेटी आइडल नेपाल २०१७’ को उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

चालू आर्थिक बर्षको उत्कृष्ट ईन्डिग्रेटी आइडल बन्नका लागि मनोनयन भएका एक हजार बीस मध्ये सिडिओ पौडेल उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् ।
अध्यनशील, मृदृभाषी र दुरदर्शी स्वभावका सिडिओ पौडेलले शाखा अधिकृतबाट सरकारी जागिर सुरु गरेका थिए । गृहमन्त्रालय लगायत पहाडी जिल्लाका सिडियो भएर नेतृत्व प्रर्दशन गरिसकेका पौडेल हाल मोरङमा सहायक सिडिओका रुपमा कार्यरत छन् ।

ईन्डिग्रेटी आइडलले उत्कृष्ट पाँच मध्येबाट एक जनालाई एसएमएस भोटका आधारमा सर्बोत्कृष्ट आइडल छनौट गर्नेछ । पौडेललाई भोट दिन चाहनेले २४ मंसिर राती १२ बजेसम्म मोवाइलमा आइआइएन टाइप गरि स्पेस दिएर शुन्य चार टाइप गरि चौतीस शुन्य शुन्य एकमा सेन्ट गर्नुपर्ने छ ।

ईन्डिग्रेटी आइडल नेपाल २०१७ का अन्य प्रतिस्र्धीहरुमा कृष्ण धिताल , शवराज बम , सृजना तिवारी र शबनम पाठक रहेका छन् । यसअघि मोरङमै कार्यरत रहेका सिडिओ प्रदिपराज कँडेल पनि ईन्डिग्रेटी आइडलको उत्कृष्ट घोषित भएका थिए । नेपालमा कार्यरत ईमान्दार, जनउत्तरदायी र कर्तव्यनिष्ठ कर्मचारीहरुको मुल्यांकन गरि प्रोत्साहन गर्नका लागि सुरु गरिएको यो आइडलको बेवसाइटका अनुसार २०१७ का पाँच प्रतिस्र्धीमध्ये शेषनारायण पौडेल र सृजना तिवारीबिच मुख्य प्रतिस्र्धा भैरहेको छ ।

को हुन सहायक सिडियो पौडेल भिडियो

प्रतिक्रिया दिनुहोस्